एमाले विराटनगर ८ ले शुरु ग¥यो नि: शुल्क शव वाहान सेवा

खबर पूर्वाञ्चल, २९ बैशाख २०७८, बुधबार ११:३७

विराटनगर/ कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शव घाट सम्म पु¥याउनका लागि नेकपा एमाले विराटनगर ८ ले शववाहन सेवा सञ्चालन गरेको छ ।

शववाहनको व्यवस्था नहुँदा मृत्यु भएको कोरोनाका संक्रमितको लामो समय सम्म शव नउठ्ने समस्या पाईएपछि शव वाहन सेवा सञ्चालन गरिएको एमाले विराटनगर ८ का अध्यक्ष राम पोखरेलले बताए । उनका अनुसार अस्पतालसँगै होम आईसोलेसनमा मृत्यु भएकाहरुका लागि पनि सेवा दिईने छ । अध्यक्ष पोखरेलले भने,‘ कोरोना संक्रमणका कारण ज्यान गुमाउने विराटनगर ८ का बासिन्दालाई लक्षित गरि दुःखको घडीमा साथ दिन सेवा शुरु गरिएको छ ।’ उनका अनुसार शव वाहन सेवा शुरु गरिएपनि यस्तो भरसक कसैलाई नपरोस् । अभियानमा अध्यक्ष पोखरेल सहित भुवन राजवंशी, सविन कामत, शिव मगर, मोहम्मद शमशेर (समिर) खटिएका छन् ।

यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, संक्रमितको घरलाई निर्मलीकरण, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको काम गरेको अध्यक्ष पोखरेलले बताए । कोरोनाको नयाँ भेरिएन्टका संक्रमित बढेसँगै वडाकमिटीले वडावासीको समस्यालाई मध्येनजर गरेर काम गर्दै आएका उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५