AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गजल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७७, बिहीबार १२:५६
9
Shares
दिपक कटुवाल
सुनलाई लसुन अनि हिरालाइ किरा देख्ने
तिम्रो हेराइ फेरियोस तर तिम्रो मन नफेरियोस
आफ्नालाई पराई बनाई अरुलाई नजिक देख्ने
तिम्रो स्वार्थ टुटोस तर मन कहिल्यै नफाटोस

मायामा घृणा ठानी सहयोगलाई स्वार्थ भन्ने
तिम्रो मन भित्र कोरिएको कालो दाग हटोस
कसमलाई खेलाची सोंच्ने भगवानलाई दोषी देख्ने
तिम्रो नसा नसामा दौडिएको रगतको धारा फाटोस

मुटु छिया छिया पार्न कलेजोमा तिर हान्ने
तिम्रो खराब प्रवृत्तिको निशाना चुकोस
हजार पटक झुठो बोली आफै आवेशमा आउने
तिम्रो मन भित्रको कुण्ठा खरानी सरी जलोस

बाहिर मिठो बोली भित्र भित्रै छुरा धस्ने
तिम्रो स्वार्थी आत्माको खाडल भरियोस
सपनाको आशा देखाई विपनीमा लात हान्ने
तिम्रो दुई जिब्रे चरित्रको चाँडै विनास होस

त्यसैले तिम्रो रुप रङ अनि हाल फेरियोस
तर तिम्रो बोलि बचन अनि मन कहिल्यै नफेरियोस

दिपक कटुवाल , खाँदबारी – ८, संखुवासभा प्रहरी नायव निरीक्षक हाल भुटाहा चौकी इन्चार्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर