सुनलाई लसुन अनि हिरालाइ किरा देख्ने
तिम्रो हेराइ फेरियोस तर तिम्रो मन नफेरियोस
आफ्नालाई पराई बनाई अरुलाई नजिक देख्ने
तिम्रो स्वार्थ टुटोस तर मन कहिल्यै नफाटोस
मायामा घृणा ठानी सहयोगलाई स्वार्थ भन्ने
तिम्रो मन भित्र कोरिएको कालो दाग हटोस
कसमलाई खेलाची सोंच्ने भगवानलाई दोषी देख्ने
तिम्रो नसा नसामा दौडिएको रगतको धारा फाटोस
मुटु छिया छिया पार्न कलेजोमा तिर हान्ने
तिम्रो खराब प्रवृत्तिको निशाना चुकोस
हजार पटक झुठो बोली आफै आवेशमा आउने
तिम्रो मन भित्रको कुण्ठा खरानी सरी जलोस
बाहिर मिठो बोली भित्र भित्रै छुरा धस्ने
तिम्रो स्वार्थी आत्माको खाडल भरियोस
सपनाको आशा देखाई विपनीमा लात हान्ने
तिम्रो दुई जिब्रे चरित्रको चाँडै विनास होस
त्यसैले तिम्रो रुप रङ अनि हाल फेरियोस
तर तिम्रो बोलि बचन अनि मन कहिल्यै नफेरियोस
दिपक कटुवाल , खाँदबारी – ८, संखुवासभा प्रहरी नायव निरीक्षक हाल भुटाहा चौकी इन्चार्ज
तपाईको प्रतिक्रिया