तीन जना नगर प्रहरीलाई महानगरले हटायो, नगर प्रहरी कुटने आशिष यादवलाई भने उन्मुक्ति

खबर पूर्वाञ्चल, २ आश्विन २०८०, मंगलवार १४:११
180
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले नगर प्रहरी हवल्दार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ ।

नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरुलाई सोमबारबाट लागु हुने गरी जागिरबाट हटाएको हो ।

यसरी जागिरबाट नगर प्रहरी जवानहरु विक्रम श्रेष्ठ र बब्लु केशरीलाई पनि महानगरपालिकाले हटाएको छ । भदौ २७ गते ४ः३० बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यको लागि खटिएका नगर प्रहरीले यादवलाई हातपात गरेको आरोप छ । पार्किङको विषयमा विवाद भएपछि यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै हातपात गरेका थिए । औषधी पसल अगाडि नो पार्किङमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्वीललक लगाइदिएकोमा यादवले लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए ।

सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि यादवले नगर प्रहरीलाई ‘के गरेको भाई जरिवाना लिने भए लिएर छाडिदिहाल्नु नि, किन दुःख दिएको’ भन्दा विवाद भएको थियो । त्यसपछि नगर प्रहरीले यादवलाई लछारपछार पार्दै पसलबाट निकालेर वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए । वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि पनि हातपात गरेका थिए । तर, नगर प्रहरी श्रेष्ठमाथि हातपाने गर्ने यादवलाई अहिलेसम्म कुनै कारवाही भएको छैन ।

एकै प्रकृतिको घटना हुँदा तीन जना नगर प्रहरीको जागिर खाइदिने मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने यादवलाई भने कारवाही गर्ने प्रक्रियासमेत अगाडी बढाउन नसक्दा नगर प्रहरी असन्तुष्ट देखिएका छन् । ‘चौतर्फी दवाबका कारणले मेयर सावले एउटा निमुखा नगर प्रहरीलाई जागिरबाट हटाए । तर, प्रहरी कार्यालय अगाडी नगर प्रहरीमाथि हातपात गर्नेलाई कुनै कारवााहीको लागि प्रक्रिया समेत अगाडी बढाउन सक्नुभएन,’ एक जना नगर प्रहरीले भने ।

भदौ ३१ गते महानगरका प्रमुख कोइरालाई छानविन गरी आवश्यक कारवाही गर्ने अख्तियारी दिएको थियो । त्यसैको आधारमा कोइरालाले तीन जना नगर प्रहरीलाई जागरिबाट हटाएको प्रेस विज्ञाप्ती जारी गरी जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५