AArya
animated ellipse animated ellipse

कोशी प्रदेशको बजेट नसच्याए सरकारको भविष्यमा प्रश्न उठ्न सक्छ : सिटौला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०८०, मंगलवार १८:३८
180
Shares
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशसभाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारले पूर्वाग्रही ढंगले बजेट ल्याएको भन्दै त्यसलाई नसच्याए सरकारको भविष्यमा प्रश्न उठ्न सक्ने बताएका छन् ।

मंगलबार अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न सदनमा प्रस्तुत भएको विनियोजन विधेयकमाथि छलफल गर्ने क्रममा पूर्वमन्त्री समेत रहेका सिटौलाले सरकारले निश्चित क्षेत्रलाई आधार मानेर बजेट ल्याएको आरोप लगाए ।

प्रदेशमा आफ्नो पार्टीका सांसदहरुले माग गरेको योजनामध्ये आधामा पनि सरकारले बजेट नदिएको उनको गुनासो छ । ‘सरकारले पूर्वाग्रही ढंगले निश्चित क्षेत्रलाई आधार मानेर बजेट ल्याएको छ,’ उनले भने, ‘हामीले माग गरेका योजनामा आधा पनि परेको छैन्, परेको पनि कामै सम्पन्न नहुने गरी पैसा छुट्याइएको छ ।’

यस्तै उनले बजेट वितरणमा मनपरी गर्ने छुट कसैलाई नभएको बताए । ‘बजेट कसैको गोजीबाट बाँड्ने कुरा होइन, त्यसैले यसमा मनपरी गर्ने छुट कसैलाई छैन्, कुनै दलले आफूले ल्याएको बजेट भनेर फूर्ति नलगाए हुन्छ,’ सिटौलाले भने ।

सरकार यही हिसाबले अघि बढे सरकारको भविष्यका विषयमा प्रश्न उठ्न सक्ने भन्दै उनले चुनौतीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर