AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १३ हजारले कोभिड १९ विरुद्धको खोप लगाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७७, आईतवार १९:३१
279
Shares
विराटनगर / प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २ सय ८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २ सय २४, इलाममा १ हजार १ सय ४, भोजपुरमा ५ सय ८२, ओखलढुङ्गामा ५ सय ६३, धनकुटामा ५३९, पाँचथरमा ४ सय ८९, ते¥हथुममा ४ सय ४२, खोटाङमा ३ सय ४६, उदयपुरमा ३ सय ३४, सोलुखुम्वुमा २ सय २६, संखुवासभामा २ सय ८१ र ताप्लेजुङमा २ सय १८ जनाले खोप लगाएका छन् ।

प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्र मार्फत खोप लगाउने गरिएको बताउनुभयो ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाईने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर