AArya
RUMPUM
animated ellipse animated ellipse

आधा शरीर जलेको अवस्थामा एक पुरुषको शव विराटनगरमा भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ असार २०७८, बिहीबार १८:३२
7.54k
Shares
विराटनगर / विराटनगरमा एक पुरुषको आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–१५ हड्ताली हाटका ५८ वर्षीय गंगाप्रसाद पोखरेलको आफ्नै घरको कोठाभित्र आधा शरीर जलेको अवस्थामा आज दिउँसो शव भेटिएको हो ।

कम्मरदेखि माथिको भाग पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताएका छन् । घटना शङ्कास्पद रहेकाले अनुसन्धान थालिएको उनले बताए ।

शरीर जलेर मृत्यु भएको अवस्थामा घरभित्र शव रहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका हुन् । तत्काल घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।
एसपी जिसीले केही दिनभित्र सत्यतथ्य पत्ता लाग्ने बताए । अविवाहित रहेका पोखरेल घरमा एक्लै बस्थे । परिवारमा अरू सदस्य थिएनन् । घटनास्थलमा भेटिएका सवुत प्रमाणका आधारमा विशेषढंले अनुसन्धान थालिएको जानकारी एसपी जिसीले दिए ।

प्रहरीले घटनास्थमा मट्टितेलको गन्ध आउने खाली प्लाष्टिकको बोतल पनि फेला परेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाका बारेमा धेरै कुरा प्रष्ट हुने एसपी जिसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर