विराटनगर/आनन्द ईटाले ल्याएको हात खाली नजाने उपहार अन्र्तगत तीन महिनामा १० लाख बढीको पुरस्कार बाढेको छ । आनन्द, अनन्त र आगन ईटा खरिदमा ग्राहकहरूलाई दिने हात खाली नजाने उपहार योजनामा १० लाख बढी पुरस्कार वितरण गरिसकेको निर्देशक नितेश अग्रवालले जानकारी दिए ।
आनन्द, अनन्त र आगन ईटा मध्ये कुनै पनि तीन हजार ईटाको खरिदमा एक थान स्क्राच कुपन ग्राहकले पाउँछन् । उक्त कुपन स्क्राच गर्दा आनन्दले हात खाली नजाने उपहार योजना ल्याएको निर्देशक अग्रवालले बताए । सोही उपहार योजना अनुसार बम्पर पुस्कार स्कुटी राखेका छ । त्यस्तै ३२ इन्चको एलजीको टिभी, पाँच ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र १ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्म नगद उपहार रहेको छ ।
हात खाती नजाने उपहार अन्तरगत विराटनगरका दुई जना ग्राहकले फ्रिज र टिभी पाएका छन् । विराटनगरका प्रमोद यादवले फ्रिज र प्रविणकुमार ठाकुरले टिभी पाए । उनीहरूलाई आज विराटनगरमा एक कार्यक्रम आयोजना गरि निर्देशक अग्रवाल र प्रबन्धक देवेन्द्र रेग्मीले उक्त पुरस्कार हस्तान्तरण गरे ।वैशाखबाट सुरू भएको हात खाली नजाने उपहार योजना दशै र तिहारसम्म लैजाने तयारी गरिएको छ । उपहार योजना ल्याएपछि आनन्दको ईटा खरिद गर्ने उपभोक्ता बढेको निर्देशक अग्रवालले बताए । अहिले २५ प्रतिशत ईटा बिक्री बढेने उनले बताए । अहिले दैनिक १ लाख बढी ईटा बिक्री वितरण भइरहेको छ ।
एक सालमा ८ वटा चिम्डीबाट २ करोड ५० लाख आन्नद, आगन र अन्नत ईटा उत्पादन हुने गरेको छ । आनन्दले १ नं. इटा २३ रुपैयाँ प्रतिगोटा बिक्री गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया