पूर्वाञ्चल खबर


प्रिन्सिपल भट्टराईले विद्यार्थीहरूलाई पाठ्यक्रममा मात्र सीमित नभई बाह्य ज्ञानको खोजी गर्न, जिज्ञासु बन्न र सक्रिय रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी हुन आग्रह गरे । उनले अंकभन्दा इमानदारिता र चरित्र निर्माण महत्त्वपूर्ण रहेको बताउँदै भने, ‘तपाईंले गर्ने व्यवहार र कठिन समयमा साथीहरूलाई दिने साथले नै तपाईंको चरित्र निर्धारण गर्छ। आउने दुई वर्षलाई हामी सबै मिलि असाधारण बनाऔँ।’
त्यसैगरी, कलेजका निर्देशक दिपेश बास्तोलाले अर्किडमा भर्ना भएका विद्यार्थीहरूलाई अत्यन्तै लगनशील बनाएर दक्ष बनाउने बताए । अर्किडमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य सधैँ सुनौलो र सुरक्षित रहने उनको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै अर्किड कलेजका अध्यक्ष अमित ढकालले कलेजले स्थापना कालदेखि नै समाजका लागि आवश्यक दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्दै अगाडि बढेको उल्लेख गरे । उनले नयाँ विद्यार्थीहरूलाई अर्किड परिवारमा स्वागत गर्दै उनीहरूको शैक्षिक सफलताको कामना गरे ।
समारोहमा कलेजको प्रवेश परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरी दिनभर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।