RUMPUM
animated ellipse animated ellipse

मिटरब्याजमा लगानी गरि करडौं असुल्ने मन्टु कारागार चलान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ माघ २०७७, सोमबार १९:३७
1.98k
Shares
विराटनगर/ अवैध मानिएको मिटरब्याजमा लगानी गरि सर्वसाधरणलाई ‘टाट’ पल्टाउने कुख्यिात मिटरब्याजी मन्टु भनिने सञ्जयप्रसाद रौनियार पूर्पक्षको लागि थुनामा गएका छन् ।

मोरङ अदालतको आदेशपछि विराटनगर – ९ घोघापुलचौकका ४५ वर्षिय मन्टु पूर्पक्षको लागि कारागार चलान भएका हुन् ।

मोरङ अदालतका न्यायाधीश इश्वर पराजुलीको इजालशले आज मन्टुलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । अदालतको आदेशपछि मन्टु विराटनगर कारागार चलान भएका छन् ।

मिटरब्याजमा लगानी गरि मन्टुले मोरङका १७ जना सर्वसाधरणबाट करडौं रुपैयाँ असुली गरेपछि उनी विरूद्ध ‘ठगी’ र अपराधिक लाभ लिएको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । छुटाछुट्टै जाहेरी परेकोले मन्टु विरूद्ध मोरङ अदालतमा १७ थान मुद्दा माघ १२ गते दर्ता भएको थियो । बादी र प्रतिवादीका कानुन व्यवसायीहरूले पैरवी गरेपछि न्यायाधीश पराजुलीले १३ थान मुद्दामा पूर्पक्षको लागि थुनामा र ४ थान मुद्दामा धरौटी तोकिएको स्रेस्तेदार दाहालले जानकारी दिए । चार थान मुद्दामा ५ लाख ८० हजार रुपैयाँ धरौटी अदालतले तोकेका छ । जाहेरवाला ममतादेवी मण्डल वादी भएको मुद्दामा २० हजार, जाहेरवाला मो. सरिद मियाँ बादी भएको मुद्दामा २ लाख, वादी राजेन्द्र चौधरी भएको मुद्दामा ४० हजार, जहेरवाला देवी खातुन वादी भएको मुद्दामा ३ लाख २० हजार रुपैयाँ धरौटि बुझाउन अदालतले आदेश गरेको हो ।

मंसिर २९ गते मोरङ प्रहरीले मन्टुलाई विराटनगरस्थित घोघापुलचौकदेखि पक्राउ गरि अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर