animated ellipse animated ellipse

देशभर ५२२५ जना संक्रमण मुक्त, थपिए ३७५० जना संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ जेष्ठ २०७८, शुक्रबार १७:३५
459
Shares
काठमाण्डौ / परीक्षण दायरा घटाउँदा पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर