खबर पूर्वाञ्चल
सन २०१५ मा नेपालको विभिन्न छेत्रमा भुकम्पले पुर्याएको क्षतीलाई पूनर्निर्माणका लागि विश्व भरी कार्यरत १ सय ७० वटा परियोजना मध्ये युएनडिपी नेपालले योगदान पुर्याएबापत छनौट गरेको थियो भने थापा युएनडिपी नेपालका प्रोजेक्ट को–अडिनेटर थिए । न्यु योर्क स्थित युएनको कार्यालयबाट घोषित उक्त अवार्ड युएनडिपी नेपालले पहिलो पटक पाएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड दिलाएका थापाको अनुभव पनि लामै रहेछ ।
विराटनगर १० तिनटोलिया शान्ती चोक स्थायी घर भएका थापाले भने मैले डिएफआइडी, युरोपेली युनियनको डिआरआर सम्स्थाको टीम लिडरका साथै विभिन्न प्राइभेट सम्स्थासँग रहेर विगत १५ बर्ष काम गरेको छु । एडीबी, युएसआइडीलगायत विभिन्न दातृ निकायको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको प्रमुखको जिम्मेवारी बहन गरि सकेका थापाले रिकभरी म्यानेजरको भुमिका समेत सफलता पूर्वक निर्बाह गरि सकेका छन् ।
थापालाई काशी विद्या मन्दिरको ब्यवस्थापनले २ महिना अघि प्रिन्सिपलको भुमिकामा ल्याएको हो ।