विनोद विवशको ‘अचानोमा जीवन’ गजलसङ्ग्रहको विमोचन

खबर पूर्वाञ्चल, १५ पुष २०७८, बिहीबार २०:३४

विराटनगर/ युवा गजलकार विनोद विवशको ‘अचानोमा जीवन’ गजलसङ्ग्रहको आज विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।

डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले आयोजना गरेको कार्यक्रममा सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार जिज्ञासु पन्त, कवि नेत्र काफ्ले, गजलकार देवी पन्थीलगायतले संयुक्त रुपमा सङ्ग्रहको विमोचन गरेका थिए । विमोचित कृतिका बारेमा समालोचक हरि कट्टेलले समीक्षा गरे । कृतिको समीक्षा गर्दै उहाँले सङ्ग्रहमा धेरै विषय र स्वादका गजलहरु समावेश भएकाले पठनीय रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार सुवेदीसहित धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नेत्र काफ्ले, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, विराट आदर्श साहित्य मञ्चका संरक्षकसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित, नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा गजलकार मञ्जुश्री गिरी, प्रमोद ढकाल, मदन भण्डारी, हेमन्त निरौला, राधा सुवेदी, दीपा वाग्ले, विनोद रिजाललगायतले सङ्ग्रहभित्रका गजलहरु प्रस्तुत गरे ।

डियर कल्याण प्रतिष्ठानले प्रकाशित गरेको कृतिमा विभिन्न विषयवस्तुमा आधारित २ सय ३ वटा गजल सङ्ग्रित छन् । विवशको यसअघि ‘छचल्किएको आँसु’ मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५