खबर पूर्वाञ्चल
सो अवसरमा मेयर कोइरालाले विराटनगरमा जारी सरसफाई अभियान, फुटपाथ नियन्त्रण, कर संकलन, डुबान र सुकुम्बासी समस्याका समाधानका लागि भइरहेका पहल, महानगर आफैंले बनाउन लागेका ठूला परियोजनालगायतका विषयमा जानकारी गराए । उनले युवाहरुलाई विराटनगरको विकासमा आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरे । अहिलेको समाज नकारात्मक सोचबाट ग्रसित भएको बताउँदै मेयर कोइरालाले सकारात्मक सोचका साथ देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए । युवाहरुको विदेश पलायन बढ्दै गएको बताउँदै कोइरालाले नेपालमै पनि थुप्रै अवसर रहेको चर्चा गरे । उनले युवाहरुले विश्वविद्यालयको अध्ययनसँगै सीप सिक्नुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, विकल्पका प्रमुख वसन्त अधिकारीलगायतले युवा सहभागिताका विषयमा आ–आफ्ना विचार राखे ।
कार्यक्रममा सहभागी युवाहरुले महानगरले सीपमूलक तालिम दिनुपर्ने सुझावसहित महानगरले गरिरहेका कामका बारेमा जिज्ञासा राखेका थिए ।