RUMPUM
animated ellipse animated ellipse

एमालेको वृहत् चुनावी भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७९, मंगलवार १८:३५
603
Shares
विराटनगर / नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत चुनावी भेला गर्ने भएको छ ।

भेलालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने निर्वाचन परिचालन कमिटीका संयोजक विनोद ढकालले जानकारी दिए ।

स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उमेदवार लगायत पाँचहजार बढी कार्यकर्ताहरुको सहभागिता रहने ढकालले जानकारी गराए ।

सोही दिन अध्यक्ष ओलीले मोरङ र सुनसरीका अन्य पालिकाहरुका कार्यक्रमहरुलाई पनि सम्वोधन गर्ने कार्यक्रम रहेको छ । अपरान्ह विराटनगरका उद्योगी व्यवासायी, नागरिक अगुवा तथा वुद्धिजीवीहरुलाईबीच चुनावी परामर्श गरी वैशाख २५ गते विहान काठमाण्डौ फिर्ने कार्यक्रम रहेको संयोजक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर