पूर्वाञ्चल खबर
परिषदले धादिङको नीलकण्ठ नगरपालिका, खनियावास गाउँपालिका, रुवीभ्यालीगाउँपालिका र आमाको माया छात्राबासलाई विभिन्न प्रकारका टेन्ट, प्लास्टिक सिट, सुत्ने म्याट, अत्यावश्यक औषधिलगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ ।
धादिङ जिल्लामा वितरण गरिएको राहत सामग्रीमा १ सय थान सुविधा सम्पन्न टेन्ट, १ सय थान प्लास्टिक कुर्सी, ६७० थान स्लिपिङ म्याट वितरण गरिएको छ । उक्त राहत सामग्री भारतीय जनता पार्टीले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नकालागि उपलब्ध गराएको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।
धादिङलगायत सिन्धुपाल्चोक, गोरखा, मनाङ,रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना रहेको परिषद्का राष्ट्रिय महासचिव न्यौपानेले जानकारी दिए ।
राहत सामग्रीवितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिवद्वय नारायण तिमिल्सिना र राधा पोख्रेल धादिङ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र , खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका स्वास्थ संयोजक राज तामाङ र वडा सदस्य गमन तामाङ ,नीलकण्ठ नगर पालिकाका शिक्षा संयोजक तुलबहादुर महतको उपस्थिति रहेको थियोे ।
राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ, राज तामाङ, नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत, आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडालाई हस्तान्तरण गरिएको थियो ।