पूर्वाञ्चल खबर
विद्यार्थीहरुको नेतृत्व क्षमता र लोकतान्त्रिक चेतना विकासमा यो प्रक्रियाले सकारात्मक प्रभाव पारेको छ। निर्वाचनमा विद्यालयका क्याप्टेन, उपक्याप्टेन , हाउस क्याप्टेन पदहरुका लागि विद्यार्थीहरुले उत्साहपूर्ण सहभागिता जनाएका थिए।
उम्मेदवारी दर्तादेखि प्रचारप्रसार, मतदान, मतगणना, र नतिजा प्रकाशन सम्मका प्रक्रियाहरु शिक्षकहरुको निगरानीमा विद्यार्थीले नै कुशलतापूर्वक सम्पन्न गरेका थिए।
यो प्रक्रियामा सहभागी विद्यार्थीहरुले विद्यालयमा पढाइमात्र होइन, सामाजिक र लोकतान्त्रिक मूल्य मान्यता बुझ्ने र व्यवहारमा उतार्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्।
स्कुल क्याप्टेनमा छात्रबाट अभिषेक साह कक्षा १० र छात्राबाट थनिषा पोख्रेल कक्षा ९ , उपकप्तानमा छात्रतर्फ युवराज साह कक्षा ९ र छात्रा बर्सिका न्यौपाने कक्षा ९, अतिरिक्त क्रियाकलाप छात्रतर्फ विप्लव मण्डल कक्षा १० र र छात्रातर्फ सफला श्रेष्ठ कक्षा ९ चयन भए ।
हाउस क्याप्टेनमा रातो हाउसबाट प्रेम सहनी र मनिक्षा श्रेष्ठ , हरियो हाउसबाट रोहन शाह र साईरा रिमाल , निलो हाउसबाट आकाश यादव र किन्जल राजवंशी ,पहेलो हाउसबाट समर राज मण्डल र प्रशिष्का बराल छनोट भए। छनोट भएका सम्पूर्ण १४ जना विद्यार्थी हरुको विद्यार्थी गुणस्तर वृत्त मञ्च बनाएर विद्यार्थीहरू एकत्रित भएर बिद्यालय भित्र गुणस्तर, नवप्रवर्तन र निरन्तर सुधारको संस्कृतिलाई प्रवर्द्धन गर्छन्।
निर्वाचित प्रतिनिधिहरूलाई औपचारिक रुपमा पद तथा गोपनियताको शपथ विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालद्वारा गराइएको थियो। नवनिर्वाचित नेतृत्वलाई चालु शैक्षिक सत्रभर विद्यालयको नेतृत्वदायी भूमिकामा सक्रिय रुपमा संलग्न गराइने छ।