विराटनगर–१८ मा स्वतन्त्र उम्मेदवार साह विजयी

खबर पूर्वाञ्चल, २ जेष्ठ २०७९, सोमबार १५:३७
3.23k
Shares
विराटनगर / विराटनगरमा एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

विराटनगर वडा नं १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह वडाअध्यक्षमा विजयी भएका छन् ।

साहलाई जनता समाजवादी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर ‘लालटिन’ चुनावचिन्ह लिएर मैदानमा उत्रेका थिए ।

साहले जसपाकै उम्मेदवार दिनेशकुमार यादवलाई ७८ मतान्तरले पराजित गर्दै विराटनगरमा स्वतन्त्र उम्मेदवार विजयी हुने पहिलो हुन् । साहले ७१६ मत ल्याउँदा जसपाका यादवले ६३८ मत पाए । सो वडामा स्वतन्त्रबाट थप दुई सदस्य गौरव मण्डल र ढुरिया यादवसमेत विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५