खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ वर्षीय प्रताप लिम्बु रहेका छन् ।
पैदल हिडिरहेका तीनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको हो ।
यसरी ब्राउनसुगरसहित पक्राउ परेका तीनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।