AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पेशागत सुरक्षाको माग गर्दै स्नातकोत्तर क्याम्पसको मुल गेटमा तालाबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०७७, सोमबार २०:२५
153
Shares
विराटनगर / पेशागत सुरक्षाको माग गर्दै स्नातकोत्तर क्याम्पसका आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्ष लगाएत मुल गेटमामा तालाबन्दी गरेका छन् ।

आज विहान प्रमुखको कक्षमा पुगेका उनीहरुले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन भन्दै ताला लगाएका हुन् । आंशिक प्राध्यापकको पेशागत हित र सुरक्षाको माग गर्दै लामो समयदेखि गरेको आन्दोलनप्रति त्रिवि गम्भीर नबनेकोसमेत आरोप लगाइएको छ ।

श्रमिकको सन्तुष्टिले संस्थाप्रति जिम्मेवार, जवाफदेहिता र सिर्जनशीलता बढाउने भन्दै उनीहरुले श्रमिकलाई काममा लगाएर पारिश्रमिक नदिने, आफैँले कानून बनाएर लागू नगर्नेलगायतको कामले आंशिक प्राध्यापकको धैर्य टुटेको नेपाल आशिंक प्राध्यापक संघ, संयुक्त संघर्ष समिती स्नातकोत्तर क्याम्पस विराटनगरका अध्यक्ष आर सि कोइराले बताए ।

तालाबन्दीप्रति संघको केन्द्रीय समिति, मोफसल समिति र पेशागत अन्य संगठनले पनि ऐक्यबद्धता जनाएका छन् । अध्यक्ष कोइरालालगायतले हस्ताक्षर गरेको विज्ञप्तिमा उपकुलपतिको कार्यालय, शिक्षाध्यक्ष, रजिस्ट्रार लगायतलाई बोधार्थ पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर