RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ पुष २०७८, आईतवार १७:५४
243
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण भएको छ । २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो ।

मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीमा १–१, झापाको विर्तामोडमा २, दमक, बाहृदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २३० रहेको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर