AArya
RUMPUM
animated ellipse animated ellipse

क्रिकेट खेलाडी लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्छ : सदस्य सचिव बस्नेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०८२, आईतवार १८:०७
288
Shares
विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको सम्पूर्ण उपचारको जिम्मा तीनै तहको सरकारले लिनुपर्ने बताएका छन्।

आज सामाजिक संजालमा भिडियो जारी गर्दै सदस्य सचिव बस्नेतले लोहनीको निशुल्क उपचारका लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै लोहनीको सम्पूर्ण उपचार निशुल्क हुनुपर्ने बताएका हुन्।

बस्नेतले कोशी प्रदेश क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लोहनीले उपचारमा तीनै तहको सरकार उदासिन हुँदा खेलक्षेत्र निरास भएको धारणा समेत व्यक्त गरे। ‘क्रिकेटको माध्यमबाट संसारमा नेपालको नाम संसारमा चिनाउँदै आएका उपचारत लोहनीले उपचारमा सहयोग नपाउनु दुःखद अवस्था हो ,’ बस्नेतले भने,’राष्ट्रको गौरवको रुपमा रहेको खेलाडीलेनै उपचारका लागि यति संघर्ष गर्नुपर्दा सम्पूर्ण खेलक्षेत्र निरास र खेल क्षेत्रमा भविष्य छैन् भन्ने सन्देश गएको छ ।’

बस्नेतले भिडियो मार्फत प्रधानमन्त्री , युवा तथा खेलकुद मन्त्री , स्वास्थ्य मन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गर्ने लोहनीको यथाशीघ्र निशुल्क उपचारका लागि आग्रह गर्दै लोहनीलाई पुनः मैदानमा फर्काउन पहलकदमी लिन समेत अनुरोध समेत गरे।

सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका कप्तानी गर्दै गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएका लोहनीको त्यसयता ५ पटक शल्यक्रिया भैसकेको छ। हाल छैटौं शल्यक्रियाको लागि भारतमा रहेका लोहनीले उपचारको क्रममा आफ्नो २० लाख खर्च भैसक्दा नेपाल क्रिकेट संघ ( क्यान ) बाट १ लाख सहयोग मात्र प्राप्त भएको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर