पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा विराटनगर ४ का २० वर्षिय विवेक थन्दार, सोही ठाउँका २० वर्षिय अमन थन्दार, बुढिगंगा गाउँपालिका २ का २० वर्षिय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका १० का २० वर्षिय नगेन्द्र चौधरीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
पुस ५ गते राती १० बजे विराटनगरस्थित नोवेल अस्पतालको परिसरमा पार्किङ गरी राखिएको चुडामणी कार्कीको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । पार्किङ्ग गरिएको मोटसाइकल हराएपछि पुस ६ गते रविन्द्र खत्रीले मोरङ प्रहरीमा हराएको मोटसाइकल खोजिगरिदिन निवेदन दर्ता गराएका थिए । प्रहरीले हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा सोमबार राती ८ बजे विराटनगर ४ स्थित बुढाथोकी मार्गमा पक्राउ परेका चार जना युवाले डो¥याउँदै गर्दा पक्राउ गरेको डिएसपी राईले बताए । ‘चोरी भएको मोटसाइकलको नम्बर प्लेट परिवर्तन गरि चलाएको पाइएको छ,’ डिएसपी राईले भने, ‘चोरी गरेपछि बास्तबिक नम्बर हटाएर नयाँ नम्बर हालेको अनुसन्धानबाट खुलेको छ ।’