पूर्वाञ्चल खबर
नेपाल वित्तिय संस्था कर्मचारी संघ,कृषि विकास बैंकको दुई दिने आठौँ केन्द्रीय परिषद भेलाको आज विराटनगरमा उद्घाटन गर्दै दलहरुलाई कुनै अवरोध विना आफ्ना गतिविधि गर्ने व्यवस्था भएमा मात्र निर्वाचन सफल एवं शान्तिपूर्ण रुपमा हुने बताए ।
उपसभापति गुरुङले ट्रेड युनियन प्रजान्त्रको खम्बा भएको चर्चा गर्दै कर्मचारीहरुले ठूलो आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र पुनः स्थापना भएको बताए । कृषि विकास बैंकले किसानको हितमा कार्य गर्नुपर्नेमा उनले जोड दिँदै यसमा सरकारको सधै साथ र सहयोग रहने बताए । उनले सिंहदरवार , सर्वोचच अदालत लगायतका मुलुकका महत्वपूर्ण भवन तोडफोड एवं आगजनी गर्ने कार्यमा नवयुवाहरु(जेन्जी)को कुनै सङ्लग्नता नभएको भन्दै यस कार्यमा अन्य शक्ति लागेको दावी गरे ।
बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले कर्मचारीहरुको वित्तिविकासमा बैंक सदैव सकारात्मक रहेको बताए । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुले निर्वाचनलाई सफल बनाउने जिम्मेवारी सरकारको रहेको बताए ।
नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष रामबहादुर रावल ,वरिष्ठ उपाध्यक्ष सिद्धिलाल मगिया,कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष जानुका पौडल, कर्मचारी संघका महासचिव सचिव लेखनाथ घिमिरे,कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणि घिमिरे लगायतले कर्मचारीको वित्तिविकास एवं करार कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्नेमा सुझाव दिए । सो अवसरमा उपसभापति गुरुङले संघद्वारा प्रकाशित स्मारिका र गितको विमोचन गरे ।
परिषदको भेलामा मुलुकका ७७ जिल्लाका नौ सय कर्मचारीहरुको सहभागिता रहेको छ।