खबर पूर्वाञ्चल
विद्यालय परिसरमा आयोजित ऊक्त कार्यक्रममा नर्सरीदेखि नौं कक्षासम्मका विजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेको हो ।
गत माघ ११ र १२ मा आयोजना भएको खेलकुद कार्यक्रममा स्वर्ण पदक १६३ , कास्य पदक १४४ र रजत पदक ९८ जना विद्यार्थीलाई मेडल तथा प्रमाण पत्र वितरण गरेको थियो। खेलकुद कार्यक्रममा एक दर्जनबढी विभिन्न खेलहरु रहेको स्कूलका इन्चार्ज विपिन यादवले जानकारी दिए । उक्त स्पोर्ट्स मिटमा १ सय मिटर दौड, २ सय मिटर दौड,४ सय मिटर दौड , ज्याभ्लिङ थ्रो, म्यूजिकल चियर, सटपुट, रिले रेस, फूटबल , भलिबल, टेवलटेनिस, गणित दौडलगायतको खेलहरु समावेश गरिएको स्कूलका इन्चार्ज यादवले बताए । यस्तो कार्यक्रमले पढाईसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने उनले बताए ।