इटहरीलाई पराजित गर्दै आयोजक प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा

खबर पूर्वाञ्चल, २९ पुष २०७८, बिहीबार १८:३३

सुनसरी / इटहरी फुटबल क्लबलाई पराजित गर्दै आयोजक मेमोरी युवा क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनल खेलमा इटहरी फुटबल क्लबमाथी पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरको जित निकाल्दै आयोजक क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । त्यसअघि खेलको ४५ औ मिनेटमा इटहरीका समिर राईले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेट नबित्दै आयोजक क्लबका मिलन राईले गोल गरेपछी खेल १–१ को बराबरीमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा इटहरीका समित चौधरीको प्रहारलाई आयोजक क्लबका गोल किपर सुजित चौधरीले रोकेका थिए भने निकेश तामाङ, मनिष भण्डारी, विजय राई र दिपेन तामाङको प्रहार गोलमा परिणत भएको थियो । आयोजक क्लबका मिलन राई, उमेश कार्की, सितोश थापा, निरज थापा मगर र दिपेश माझीले सहजै गोल गर्न सफल भए ।

आजको खेलको म्यान अफ द म्याच आयोजक क्लबका मिलन राई घोषित हुदै नगद २ हजार रुपैया पाए । आजको अन्तिम क्वाटरफाइनल खेलसंगै गोल्डकपको सेमिफाइनल समिकरण समेत पुरा भएको छ ।

आजको विजेता आयोजक मेमोरी युवा क्लबले पर्सी शनिबार एकता युवा क्लब विराटचौक मोरङसंग प्रतिष्पर्धा गर्नेछ । त्यसअघि भोली शुक्रबारको पहिलो सेमिफाइनल खेल पूर्वाञ्चल युनाइटेड फुटबल क्लब सुन्दरहरैचा र डाँगीहाट युवा क्लब बेलबारी मोरङबिच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल माघ ३ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५