AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कवि एवं पत्रकार नवोदित ‘व्यथितकाव्य सम्मान’बाट सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०८२, शुक्रबार १६:०४
99
Shares
काठमाण्डौ / साहित्यिकपत्रकार संघले हरेक वर्ष समर्पणगर्दै आएको ‘व्यथितकाव्य सम्मान–२०८२’ विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ ।

काठमाण्डौमा विशेष समारोह आयोजना गरेर संघले विगत दुई दशक भन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई वरिष्ठ कवि केदारमान व्यथितको नाममा स्थापितसो सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ललित कला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति केके कर्माचार्य, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधानलगायतले नवोदितलाई टोपी, माला, दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

युवा मोती पुरस्कार, कोशी प्रदेश सरकारबाट उत्कृष्ट युवा साहित्य पुरस्कार, नेपाल जेजीस, रोटरी क्लब, लायन्स क्लबबाट राष्ट्रिय सम्मानलगायतचार दर्शनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरिसकेका नवोदितका तीनवटा मौलिक कृति प्रकाशित छन् ।

मैनालीकथा पुरस्कार, व्यथितकाव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिकपत्रकारिता पुरस्कारलगायतका पुरस्कार र सम्मानप्रदानगर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर