बक्राहा खोलाले बगाएर मोरङमा महिलाको मृत्यु

खबर पूर्वाञ्चल, १२ असार २०७७, शुक्रबार १६:०३

विराटनगर / बक्राहा खोलाले बगाएर मोरङमा एक महिलाको मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका ५ गोविन्दपुरकी ५५ बर्षीया मायादेवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको हो । बिहिवार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकीमा ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा आज बिहान बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको मोरङ प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५