खबर पूर्वाञ्चल
विराटनगगर १२ बखरीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् ।
विराट मेडिकल कलेजको प्राविधि सहयोग भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवाहरु रहेको थियो । स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जीवनाथ धमला, नाक, कान, घाटी रोग विशेषज्ञ डा.शिव भुषण पन्डित, छाला रोग विशेषज्ञ डा.सरविन यामु श्रेष्ठ, बालरोग विशेषज्ञ डा. मनोजकुमार चौधरीलगायतका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य जाँच गरिएका विरामीहरुलाई शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।
सुरक्षा र अपराध नियन्त्रणको अतिरिक्त प्रहरीले नागरिकको सुव्यवस्था र हित प्रवर्धन गर्न समुदाय–प्रहरी साझेदारीको माध्यमबाट सामाजिक कल्याणकारी कार्यक्रमहरु पनि गर्दै आएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेले बताए । प्रहरीले बिगत लामो समयदेखि समुदाय संगको सम्बन्धलाई बहुआयामिक बनाउन यस्तो सामाजिक काम अपरिहार्य रहेको उनले बताए । प्रहरीले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, नागरिक सुनुवाई, बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु आदी जस्ता हितकारी कार्यहरु गर्दै आएको उनले बताए ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रहरीले शान्ति सुरक्षा कायम मात्र नगरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि सामाजिक कल्याणकारी काम गरेको बताए ।