खबर पूर्वाञ्चल
मन्त्रालयमा आज आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री उषाकला राई, मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नवनिर्वाचितलाई बधाई ज्ञापन गरे । बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री राई, सचिव कार्कीले सफल कार्यकालको शुभकामना दिए ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का निर्वाचित अध्यक्ष लीलाबल्लभ घिमिरे, प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, मोरङका निर्वाचित अध्यक्ष सञ्जीव खनालले सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक बर्षको कार्यक्रममा पत्रकारको क्षमता विकासलाई समेट्न आग्रह गरे ।