animated ellipse animated ellipse

व्यवहारिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीको अवसर प्राप्त हुन्छ ः मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ जेष्ठ २०८०, मंगलवार १९:०५
198
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर–१९ स्थित युमी स्कुलको अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक र सैद्धान्तिक शिक्षाले मात्रै उत्पादित जनशक्ति श्रमबजारमा सहजै बिक्री हुने बताए । उनले विद्यार्थीको रुचीअनुसारको व्यवहारिक शिक्षा दिनु जरुरी रहेको उल्लेख गरे । “दक्ष जनशक्ति उत्पादन गर्न सकिए स्वदेशमै पनि रोजगारी पाउने अवस्था छ,” उनले भने, “विदेश नै जाँदा पनि उच्चस्तरको तलब पाउने र त्यसले देशलाई नै फाइदा पुग्नेछ ।”

अबको समय प्रविधिको भएकाले विद्यालय तहदेखि नै कम्प्युटर शिक्षालाई जोड दिनुपर्ने मेयर कोइरालाको भनाइ थियो । उनले भने, “यदि आइटीमा राम्रो ज्ञान छ भने घरमै बसीबसी पनि विदेशको काम गरेर राम्रो पैसा कमाउने अवस्था छ ।”

शिक्षा क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुकको विकासले गति लिन सक्ने उनले बताए । विकासको पहिलो आधार शिक्षा भएकाले मुलुकको समग्र विकासका लागि शिक्षाको गुणस्तरमा वृद्धि गर्नु आवश्यक रहेको मेयर कोइरालाले औंल्याए । उनले सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर एउटै बनाउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा विद्यालयका सञ्चालक शरण राईले विद्यालयले प्रविधि र सीपमूलक शिक्षालाई उच्च प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर