animated ellipse animated ellipse

प्रिमियर वायर्स उद्योग अगाडि शङ्कास्पद बस्तु भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७८, बिहीबार १९:१९
270
Shares
विराटनगर /मोरङको बुढीगङ्गा गाउँपालिका–३ मा शङ्कास्पद वस्तु फेला परेको छ ।

कोशी राजमार्ग अन्तर्गत निमुवा नजिक रहेको प्रिमियर वायर्स उद्योग अगाडि शङ्कास्पद कुकर आज साँझ फेला परेको हो । प्रेसर कुकरमा रातो टेपले बाँधिएकोले शङ्कास्पद वस्तु बम भएको हुनसक्ने भएकोले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए ।

‘शंकास्पद बस्तु फेला परेपछि अहिले घटनास्थलमा सेनाको बम डिस्पोजल टोली गएको छ,’ उनले भने, ‘शंकास्पपद बस्तु राख्नेको खोजी कार्य र अनुसन्धान पनि भइरहेको छ ।’ घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसी पनि पुगेका छन् । ‘हेर्दा शंकास्पद बस्तु देखिएको छ । सेनाको टोलीलाई पर्खिएका छौं,’ उनले भने, ‘डिस्पोजल गर्ने सेनाको टोली आएपछि मात्र बम हो या होइन थाहा हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर