पूर्वाञ्चल खबर
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६६, झापामा ३३, सुनसरीमा २७, उदयपुरमा ३, धनकुटामा २, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ४२, बुढीगंगामा ९, सुन्दरहरैचामा ४, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, पथरीशनिश्चरे, केराबारी, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा १४, दमकमा ५, भद्रपुरमा ४, गौरादह, अर्जुनधारा र मेचीनगरमा २–२, कनकाई, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
उता सुनसरीको इटहरीमा १०, इनरुवामा ५, दुहवी र धरानमा ४–४, रामधुनी, बराहक्षेत्र, गढी र भोक्राहानरसिंहमा १–१, उदयपुरको बेलकामा ३, धनकुटाको धनकुटा र चौबीसेमा १–१, संखुवासभाको चैनपुर, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।