AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्पाइनल इन्जुरी भएका अपांगलाई ह्वीलचियर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७७, आईतवार १८:०२
315
Shares
विराटनगर / झापा, मोरङ र सुनसरीका १५ जना स्पाइनल इन्जुरी भएका अपांग भएकालाई ह्वीलचियर वितरण गरिएको छ । उनीहरूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज एक कार्यक्रमका बीच ह्वीलचियर वितरण गरेका हुन् ।

ह्वीलचियर वितरण कार्यक्रममा बोल्र्दै मुख्यमन्त्री राईले अपांगमैत्री प्रदेश निर्माणमा आफू सचेत रहेको बताएका थिए । कानून, नीतिनियम निर्माण र बजेट तर्जुमा गर्दा अपांगमैत्री बनाउनु पर्नेमा सचेत रहँदै आएको उनले बताए ।
प्रदेशमा ह्वीलचियर आवश्यक पर्नेको तथ्यांक संकलन गरेर वितरणसमेत गर्ने प्रतिबद्धता मुख्यमन्त्री राईले जनाएका थिए । बालअपांग टेवा संस्थाले ह्वीलचियर उपलब्ध गराएको थियो ।

स्पाइनल इन्जुरी भएका अपांगहरूको तर्फबाट मुख्यमन्त्री शेरधन राईलाई ध्यानआकर्षण पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर