औषधी व्यवसायीद्वारा वृद्धाश्रममा खाद्यान्य र स्वास्थ्य सामाग्री वितरण

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०७८, मंगलवार १६:११

विराटनगर/ नेपाल औषधी व्यवसायी संघ मोरङले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा खाद्यन्य र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

संघले आज एक कार्यक्रम आयोजना गरि आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको हो ।

दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा स्थानिय प्रशासनले निषेधाज्ञा गरेपछि आश्रममा सहयोग गर्नेको संख्या घटनुको साथै खाद्यसामाग्री अभाव भएपछि संघले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यन्य र स्वास्थ्य सामाग्री वितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

आश्रममा संघले १० वटा ग्याससहितको सिलेण्डर, खाद्य सामाग्रीको साथै माक्स र सेनिटाइजर वितरण गरेको छ । केही दिन अगाडी पनि संघले सुरक्षाकर्मी र पत्रकारहरूलाई पनि स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल पत्रकार महासंघ मोेरङ शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । संघका अध्यक्ष लक्ष्मी तिम्सिना र अन्य पदाधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएका छन् ।

पहिलो लहरमा संक्रमण फैलिदा पनि संघले मोरङको उर्लाबारीमा रहेको बाल आश्रम, विराटनगरको पुष्पलालचौक रहेको वृद्धआश्रममा पुगेर स्वास्थ्य सामामाग्री र खाद्यन्य बितरण गरेको थियो । सोही बेला संघले मोरङको इलाका प्रहरी कार्यालयहरूमा पनि माक्स, सेनिटाइजर, ग्लोब्स, फेस सील्ड वितरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५