AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशसभा प्रदर्शनकारी गरे कब्जा, सभामुखको कुर्सीमा बसेर प्रदर्शनकारीले खिचाए फोटो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ भाद्र २०८२, मंगलवार १५:५६
225
Shares
विराटनगर / ‘जेनजी’को प्रदर्शनका क्रममा मोरङको विराटनगरस्थित कोशी प्रदेशसभा कब्जा गरिएको छ ।

प्रदर्शनकारीले भवनभित्र तोडफोड र आगजनी गरेका छन् ।सभाको बैठक कक्षसम्म पुगेका प्रदर्शनकारीले कुर्सी, टेबललगायत संरचना तोडफोड गरेका छन् । दर्जनौँ सरकारी सवारीसाधनमा आगजनी गरिएको छ ।

सुरक्षाकर्मी र कर्मचारी भवनबाट बाहिरिएपछि प्रदर्शनकारी सजिलै सभाभित्र प्रवेश गरेका थिए । त्यसक्रममा एक प्रदर्शनकारी सभामुख बस्ने कुर्सीमा बसेर फोटो खिचाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर