खबर पूर्वाञ्चल
छात्रतर्फको स्कुल क्याप्टेनमा कक्षा १० का देबराजनारायण महतो र छात्रातर्फको स्कुल क्याप्टेनमा कक्षा दशकी स्नेहा झा निर्वाचित भएकी छिन् । यसैगरि छात्रतर्फको स्कुल भाइस क्याप्टेनमा कक्षा ९ का इशान्त यादव र छात्रातर्फ कक्षा ८ की कृतिका थापा निर्वाचित भएकी हुन् । स्कुल क्याप्टेन र भाइस क्याप्टेन छान्न कक्षा ६ देखि १० सम्म विद्यार्थीहरू मतदानमा सहभागि भएका थिए ।
निर्वाचित भएका स्कुल क्याप्टेन तथा भाइस क्याप्टेनहरूलाई विद्यालयका इन्र्चाज विपिन यादवले अविर माला लगाएर बधाइ दिएका थिए ।