खबर पूर्वाञ्चल
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।
मलेसियाका स्येद अलीले ६८ रन बनाउँदा जुबैदीले २४ रन तथा श्रवीन मुनिअदी र विजय युनी १३–१३ रनको योगदान दिए ।
नेपालका अविनाश वोहराले ४ विकेट लिए । उनले ४ ओभरमा २७ रन दिए । त्यस्तै सन्दिप लामिछाने, गुल्सन झा र कप्तान रोहितकुमार पौडेलले १–१ विकेट लिए ।