animated ellipse animated ellipse

नहरको डिलमा युवकको शव फेला , हत्या आशंकामा ११ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ बैशाख २०७७, बिहीबार १३:४१
3
Shares
बेलबारी / मोरङको बेलबारी– ७ को नहरको डिलमा आज बिहान एक जना युवाको शव भेटिएका छ ।

चिसाङ खोलादेखि केही पश्चिम नरहको डिलमा कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीकाका १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको हो । शव पोष्मार्टमका लागि उर्लावारी स्थित मगलवारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।

आज बिहान मर्निङवाक गर्ने क्रममा स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले युवकको हत्या भएको आशंका गरेको छ । गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकोले हत्या भएको स्थानीयले बताएका छन् । प्रहरीले भने पोेष्टमार्टम रिर्पोट नआएसम्म केही बोल्नसक्ने अवस्था नरहेको बताएको छ ।

प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थान र शवको अवस्था हेर्दा अन्यन्त्र हत्या गरी शव नहरको डिलमा फालेको देखिएको छ ।

हत्या अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिाकारीले जानकारी दिए ।

घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालयलेको छुट्टा छुट्टै टोली परिचालन भएको उनले बताए ।

कसरी भयो घटना ?
सामान्य जनमजदूरी गर्ने परिवारका सदस्य आयुष बुधबार दिउँसोदेखि घरबाट सम्पर्कविहिन थिए । राति पनि उनी घर फर्किएका थिएनन् । बिहीबार बिहान करिब साढे ५ बजे मर्निङवाक गर्नेहरूले उनको शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

शव भेटिएपछि अनुसन्धान सुरू गरेको प्रहरीले बुधबार बेलुका युवकसँग बसेका ११ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका केही शंकास्पद युवक र मृतक युवकले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।

स्थानीय पसलमा मापसे गर्दा विवाद भएपछि कुटपिटपछि हत्या गरी शव नहरमा फालिएको हुनसक्ने प्रहरीको आशंका छ ।

शवको पोष्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीनिरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।उनले स्थानीय केही युवालाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए । ‘शव भेटिएपछि अनुसन्धानका लागि १०–११ जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘मृतकसँग अन्य युवाहरूले सँगै बसेर मापसे गरेको खुलेको छ ।’ उनले पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्ने बताए ।

मृतकको शरीरमा निलडामहरू रहेको प्रहरीले बताएको छ । कानेपोखरी गाउँपालिका–१ का वडा अध्यक्ष दिपेश कार्कीले हत्या भएको हुनसक्ने बताए ।

उनका अनुसार मृतक युवक ट्याक्टरमा काम गर्थे । राति केही युवाहरूसँग विवाद भएको जानकारी पाएको बताउँदै उनले हत्या भएको हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर