खबर पूर्वाञ्चल
मन्त्रालयले प्रदेश एकमा धान रोपाँई हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७४ हजार ३ सय ६ दशमलव २३ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको जनाएको छ । यो कुल क्षेत्रफलको ५१ दशमलव १४ प्रतिसत हो ।
हालसम्म तराईको झापा, मोरङ, सुनसरीमा सबभन्दा बढी ५६ दशमलव ०३ प्रतिसत रोपाई भएको जनाइएको छ । यसैगरि मध्य पहाडको इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, उदयपुर र खोटाङमा ४४ दशमलव ६० प्रतिशत र उच्च पहाडको ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा हालसम्म ३० प्रतिशत रोपाई भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गतवर्ष असार २४ सम्म प्रदेशमा २८ दशमलव १६ प्रतिशत मात्र रोपाई भएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया