AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ श्रावण २०८२, बुधबार २०:३७
153
Shares
विराटनगर / विराटनगर–८ हाटखोलास्थित ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलमा आज वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।

हप्ताको प्रत्येक बुधबार सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत यो हप्ता विद्यालयले वादविवाद कार्यक्रम आयोजना गरेको हो।

विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई दुई तहमा विभाजन गरिएको थियो। जुनियर तहमा कक्षा ५ देखि ७ सम्मका विद्यार्थी सहभागी थिए भने सिनियर तहमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी थिए। जुनियर समूहको वादविवाद शीर्षक ‘सम्पत्तिभन्दा स्वास्थ्य ठूलो’ राखिएको थियो भने सिनियर समूहका लागि ‘रोजगारीभन्दा स्वरोजगार उत्तम’ विषयवस्तु तय गरिएको थियो।

दुवै समूहमा १०–१० जना गरी कुल २० जना विद्यार्थी सहभागी थिए। सहभागीहरूलाई पक्ष र विपक्षमा बराबरी विभाजन गरिएको थियो। प्रतिस्पर्धात्मक वातावरणमा आयोजित प्रतियोगितामा उत्कृष्ट वकृत्व प्रस्तुत गर्ने विद्यार्थीहरूलाई विद्यालयले पुरस्कार प्रदान गरेको छ।

जुनियर समूहतर्फ कक्षा ७ की प्रशिष्का बराल प्रथम, कक्षा ६ की आश्मा चौधरी द्वितीय, कक्षा ६ कै अनुष्का सिंह तृतीय तथा सान्त्वना पुरस्कार कक्षा ६ की सृष्टि रौनियारले प्राप्त गरिन्। त्यस्तै, सिनियर समूहतर्फ कक्षा १० का प्रशान्त कामत प्रथम, सरस्वती हेमराम द्वितीय, कक्षा ८ की थनिसा पोखरेल तृतीय तथा कक्षा १० की रोशनी शाह सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले गरेका थिए । निर्णायक मण्डलमा पत्रकार तथा साहित्यकार मिनकुमार नवोदित र पत्रकार तथा गीतकार वीरेन्द्रकुमार साह सहभागी थिए।

विजेता विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी शिक्षिका जमुना अधिकारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर