राप्रपाले मेयर कोइरालालाई पाँच वर्षसम्मै सहयोग गर्ने

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०७९, बुधबार २१:४३
2.79k
Shares

विराटनगर / विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ ।

कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको जनाएको छ । राप्रपा मोरङ अध्यक्ष माधव आचार्यले विराटनगरको विकासका लागि कोइरालालाई समर्थनसँगै सहयोग गर्ने बताए । “अब पाँच वर्षसम्मै राप्रपा मेयर नागेश कोइरालाको पक्षमा उभिन्छ,” अध्यक्ष आचार्यले भने, “विरोध र असहयोगले भन्दा आपसी सहकार्य र एकताले मात्रै विराटनगरको विकास सम्भव छ । त्यसैले पाँच वर्षसम्म नै हाम्रो पार्टीको समर्थन कोइरालालाई रहनेछ ।”

राप्रपाको समर्थन र सहयोग आफूमा काम गर्ने थप ऊर्जा प्राप्त भएको मेयर कोइरालाले प्रतिक्रिया दिए । उनले भने, “हामी विराटनगर बनाउन आएका हौं, विराटनगरको विकासका सन्दर्भमा हामी सबैको एउटै एजेण्डा हुनुपर्छ । मलाई समर्थन गरेकोमा राप्रपालाई धन्यवाद ज्ञापन गर्छु ।”

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा राप्रपाले विराटनगरमा एउटा वडा जितेको छ । विराटनगरका १९ वटामध्ये एमालेले ९, कांग्रेस ६, जसपाले २, स्वतन्त्र र राप्रपाले १–१ वडा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५