खबर पूर्वाञ्चल
त्रिभुवन विश्व विद्यालयद्वारा हालै प्रकासीत विविएस चौथो बर्षको रिजल्टमा सिम्रनले सर्वाधिक ८१.२% अंक ल्याई उत्कृष्ट भएकी हुन् । उनै सिम्रन अग्रवालले गत बर्षको विविएस तेस्रो बर्षमा ८२.२ % अंक ल्याई नेपाल प्रथम भएकी थिइन् भने विविएस प्रथम वर्षमा पनि ७७५ अंक ल्याई प्रदेश प्रथम भएकी थिइन । त्यस्तै विविएस दोश्रो वर्षको परीक्षामा मेरिल्याण्डकि छात्रा राजलक्ष्मी अग्रवालले ७५।४ ५ ल्याई प्रदेश प्रथम भएकी थिइन् ।
रंगेली निवासी सिम्रन पढाइमा अत्यन्तै जेहेन्दार र लगनशिल भएको कुरा प्रिन्सीपल लक्ष्मण ढकाल बताउँछन् । विविएस तेस्रो बर्षमा नेपाल प्रथम भएवापत उनलाई कलेजले २५ हजार नगद पुरस्कारले सम्मानीत गरेको थियो । सिम्रनका बुबा रमाकान्त अग्रवाल कलेजको उत्कृष्ट शैक्षीक वातावरणले पनि आफ्नी छोरी लगातार उत्कृष्ट हुन सफल भएको बताउँछन् ।
त्यस्तै २०७६ सालमा विविएस चौथो बर्षमा छात्र रोहित कार्कीले ८३% अंक ल्याई नेपाल प्रथम भएका थिए । यसैगरि २०७८ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा – १२ को परीक्षामा दिया अग्रवालले नेपालमै उच्च ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन । उक्त खुसियालीमा कलेजले एक भव्य समारोह गरी दियालाई नगद ५१ हजार सहित सम्मान गरेको थियो । स्मरण रहोस मेरिल्याण्ड प्रदेश १ कै उत्कृष्ट व्यवस्थापन अध्यापन गराउने शैक्षिक संस्था मानिन्छ ।