खबर पूर्वाञ्चल
एभरेष्ट कलेज परिसरमा आयोजित ‘इसईई ग्रयाजुएसशन सेरेमोनी’ को आयोजना गरि विद्यालयले विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो । २०७९ सालको एसईई परिक्षाफल विहिबार सार्वजनिक भएको हो । यस विद्यालयबाट १६६ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए । ति मध्ये ७५ जनाले ३.६१ देखि माथि जीपीए ल्याएर उत्तिर्ण भए । ७० जनाले ३.२ देखि ३.६ जीपिए र २.८ देखि ३.२ सम्मको जीपिए ल्याएर २१ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयका सहप्राचार्य टीएन भण्डारीले जानकारी दिए।
आज आयोजित कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यार्थीले सफलता प्राप्त गर्नुमा अभिभावकको समेत ठूलो योगदान रहेको भन्दै आभार व्यक्त गरे। उनले विद्यालयका तर्फबाट विद्यार्थीको सर्वाङ्गिण विकासको निम्ति जति मेहनत गरिएको छ त्यसमा अभिभावकले सधै साथ दिएको चर्चा गर्दै त्यसकै प्रतिफल प्राप्तिको एउटा चरण एसईईको रिजल्ट रहेको बताए। उनले परिक्षाफल मात्रै सफलताको मानक नहुने भन्दै यद्यपी सरकारले दिएको मान्यता स्वरुप यो प्रमाणपत्र जीवनभरका लागि उपयोगि रहेको बताए। उनले भने,‘यो एउटा नियमित प्रकृया हो, यद्यपी सरकारले दिएको मान्यता अनुसार भविष्यमा यो प्रमाणपत्र अनेक क्षेत्रमा आवश्यकता परिरहन्छ ।’ सरकारले कक्षा १२ सम्मलाई माध्यामिक तह निर्धारण गरेकाले कक्षा १० सम्मको अध्ययन पूरा भएपनि माध्यामिक तह उत्तिर्ण गर्न अझै २ वर्ष बाँकी रहेको प्रसङ्ग निकाल्दै उनले विद्यार्थीहरुलाई आफ्नो अन्तरनिहित उद्देश्य अनुरुपको शिक्षा रोज्न सुझाव दिए ।
हरेक विद्यार्थीले आफ्नो गन्तव्यको पहिचान गरेर लक्ष्य निर्धारण गर्नुपने प्राचार्य पुरीले बताए।’ लक्ष्य पुरा गर्नका लागि आवश्यक सल्लाह परिवार, साथीभाईसँग लिन सुझाव दिँदै उनले भने,‘तर साथीभाईले जे ग¥यो त्यहि गर्ने र त्यहि विषय अध्ययन गर्ने निर्णय गलत हुनसक्छ ।’ प्रचार्य पुरीले एभरेष्ट स्कुललाई देशकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा आफुहरु रहेको भन्दै यो अभियान अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीको साथ सहयोगले सार्थक बन्दै गएको बताए ।
विराटनगरमै अन्तर्राष्ट्रियस्तरको शैक्षिकसंस्था हुनुपर्छ, यहाँका उत्पादनले विश्व बजारमा सहजै प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्छ भन्ने मान्यताका साथ एभरेष्ट अघि बढेको भन्दै सोहि अनुरुप विद्यालयको भौतिक संरचना निर्माण, मानवसंशाधनको विकास र सोहि अनुसारको शैक्षिक वातावरण बनाउँदै लगेको प्राचार्य पुरीले बताए।
कार्यक्रममा विद्यालयका सहप्राचार्य टीएन भण्डारीले माध्यामिक तहसम्मको अध्ययनका लागि अन्यत्र जानुपर्ने कुनै बाध्यता नरहेको भन्दै एभरेष्टका विद्यार्थीहरुले कम्तिमा माध्यामिक तहको अध्ययन यहि विद्यालयबाट सकुन् भन्ने चाहना ब्यक्त गरे। एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख नारायण कडरियाले एभरेष्ट कलेजले शैक्षिक गुणस्तर र विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति अपनाइरहेका विविध पक्षका विषयमा अभिभावक तथा विद्यार्थीलाई जानकारी गराए।
कार्यक्रममा विद्यार्थीहरुलाई अबिर खादा र प्रशंशापत्रले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, कलेजका विभिन्न संकायका प्रमुख, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया