RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा मानव अधिकार उल्लंघनका घटनामा ९ सय ७० जना पीडित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०७९, सोमबार १८:३६
135
Shares
विराटनगर / सन् २०२२ मा प्रदेश १ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रमा प्रदेश १ मा सन् २०२२ मा मानव अधिकार उलंघनका घटनामा ९ सय ७० जना पीडित भएको जनाएको हो ।

सन् २०२२ मा प्रदेश १मा भएका मानवअधिकार उलंघनका घटनाहरूबारे प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले मानवअधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट भएका मानवअधिकार हनन तथा ज्यादतीका घटनामा ९ सय १८ जना पीडित भएको जानकारी दिए। महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय ५७ जना र बालअधिकार उल्लङ्घनका घटनामा २ सय ९९ जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस वर्ष प्रदेश १ माअपहरणका घटनामा दुई जना, गिरफ्तारीका घटनामा २० जना, कुटपिटका ५६ जना, बालअधिकारका घटनामा २ सय ९९ जना, हिरासतमा मृत्यु एक जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते ४५ जना, हत्या ७४ जना, जातीय विभेद एक जना, अभिव्यक्ति भेला तथा, सङ्गठित हुने अधिकार ९ जना, धम्की एक जना, महिलाअधिकारका घटनामा ४ सय ५७जना र कारागारमा मृत्यु चार जना गरी ९ सय ७० जना पीडित भएका छन् ।

सन् २०२२ मा सम्पन्न निर्वाचनसँग सम्बन्धित मानवअधिकार उल्लङ्घन र ज्यादतीका १७ घटनामा प्रदेश १ भित्र ४७ जना पीडित भएको इन्सेकले अभिलेख गरेको जनाएको छ । राज्यपक्षबाट भएकापाँच घटनामा ३१ जना र अन्यपक्षबाट भएकातीनप्रकारका घटनामा १६ जना पीडित भएका छन् ।

कार्यक्रममा बरिष्ठ पत्रकार यज्ञ शर्माले मानवअधिकार वर्ष पुस्तक २०२३ र यस अघिका वर्षहरूमा प्रकाशित पुस्तकहरूको विषयमा विश्लेषण गरेका थिए । उनले मानव अधिकार वर्ष पुस्तकले मानवअधिकारको अवस्थाबारे चित्रण गरेको बताए । इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले इन्सेकले ७७ वटै जिल्लाका प्रतिनिधिहरूले अभिलेख गरेको तथ्याँकका आधारमा हरेक वर्ष मानवअधिकार वर्ष पुस्तक तयार पार्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर