ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ज्ञानसन ऋषिदेवको घाँटी काटेर हत्या, ५० मिटर उत्तरमा टाउको भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ भाद्र २०८१, सोमबार ०९:५३
1.33k
Shares
विराटनगर / सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाँटी काटेर हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

आज विहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको घाँटीदेखि मुनिको भाग एक ठाउँमा र टाउँको अर्को ठाउँमा भेटिएको छ ।प्रहरीले सुरुमा घाँटीदेखिको मुनिको भाग मात्र भेटेको थियो । अनुसन्धान गर्दै गएपछि घाँटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

ऋषिदेव रिङ बनाउने काम गर्दछन् । उनले रिङ बनाउने ठाउँमा शव भेटिएको हो । घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए । ‘अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको छ । तालिम प्राप्त कुकुरलाई पनि ल्याएको छ,’ एसएसपी दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर