AArya
RUMPUM
animated ellipse animated ellipse

युवा उद्यमी बनाउन विराटनगरमा प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ मंसिर २०७९, बिहीबार १६:१०
117
Shares
विराटनग / नेपाली युवालाई उद्यमशिलता विकास तर्फ उन्मुख बनाउने उद्देश्यले विराटनगरमा एनवाइइएफ आइडिया प्रतियोगिता हुने भएको छ ।

नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरको आयोजनामा शुक्रबारदेखि यो प्रतियोगिता सुरू हुनेभ एको हो ।

मंचले आज विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा सहभागि हुनेहरूका लागि आवेदन खुल्ला गराएको जानकारी गराएको छ । युवाहरुलाई उद्यमशिलतातर्फ उन्मुख गराइ स्वरोजगारका माध्यमबाट राष्ट्रिय आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष राघव कोइरालाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कलेजमा अध्ययरत २५ जनाले भाग लिने जानकारी गराए ।

पहिलो चरणबाट छनौट भएका प्रतियोगिहरुको फाइनल मंसिर २३ गते उद्योग संगठन मोरङको सभाहलमा हुनेछ । छनौट चरणबाट फाइनलमा १२ जना प्रतियोगि लैजाने तयारी गरिएको छ । फाइनलमा प्रत्येक प्रतियोगिले आफ्नो आइडिया सेयर गर्नेछन् । उनीहरुलाई आयोजकले १० मिनेटको समय निर्धारण गरेको छ । निर्धारित समयभित्र कसरी उद्यमशिल बन्न सकिन्न भन्ने विषयमा आडिया सेयर गर्ने उत्कृष्ट एक जनालाई नगद ३० हजार रुपैयाँ प्रदान गर्ने संयोजक नविन झुनझुनवालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर