animated ellipse animated ellipse

संखुवासभा सामूहिक हत्याकाण्डको आरोपमा बौदमानका आफन्त पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ भाद्र २०७८, शनिबार ११:५४
3.66k
Shares
विराटनगर/संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्याको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा आज विहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ । प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

सामूहिक हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकोे १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूणकुमार बिसीले जानकारी दिएका छन् । ‘सामूहिक हत्याको घटनामा एक जना नियन्त्रणमा लिएका छौं,’ डिआइजी बिसीले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’ हत्याको कारण थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए ।

मादी नगरपालिका १ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो । उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।

पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ । घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ । कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमशः पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर