खबर पूर्वाञ्चल
मुख्यमन्त्रीबाट हिजो राजीनामा दिएका राईले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै टुटफुटबाट पार्टी जोगाउन मुख्यमन्त्रीको पद त्याग गर्नु परेको बताएका हुन् ।
राईले तीनवर्ष ६ महिना ७ दिन प्रदेश १ को मुख्यमन्त्री पद सम्मालेका दिए । संघीयतालाई सवल बनाउन कुनैपनि दल विभाजन हुनु राम्रो हैन, राईले भने–एकतावद्ध एमालेलाई कायम राख्नका लागि योगदान गरिएको राईले बताए ।
प्रदेशको नामाकरण मुख्यमन्त्रीको मात्रै क्षेत्राधिकार भित्र नरहेको बताउँदै राईले त्यसका लागि आगामी दिन सर्वसम्मत ढंगबाट अगाडी बढिने दावी समेत गरे । अन्य दलको व्यवधानका कारण प्रदेशको नाम टुङ्गो लगाउन नसकिएको बताउँदै राईले आफ्नो कार्यकालमा धेरै राम्रा कामहरू गरेको दावी गरे ।
उनले प्रदेश सरकारले निर्माण सुरु गरेका सडक पुल र विकासका अन्य कार्यक्रम निर्माणधिन अवस्थामा रहेको बताए । ‘हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन,’ उनले भने,‘ हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ ।’
‘हामीले थालेका कामहरु सम्पन्न हुँदै गर्दा प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्नेछ,’ उनले अघि भने,‘जनताले सडक खानेपानी, सिंचाई,शिक्षा स्वास्थ्यको क्षेत्रमा ।’
आफू पदमा रहँदा धेरै काम गर्न नसकेपनि राम्रा कामहरु गरेको राईले जानकार िगराए । गलत नगरेका कारण शिर निहु¥याएर हिड्नुपर्ने अवस्था नरहेको उनको भनाई थियो ।
पहिलो वर्ष बस्ने ठाउँको खोजी, दोस्रो वर्ष केही कानून र संरचनागत प्रगति, प्रादेशिक आकांक्षा राखिएको भन्दै अन्तिम वर्षमा तीव्र गतिमा गर्नुपर्ने काम पनि कोभिड संक्रमणले गर्दा गर्न नसकिएको दावी थियो ।
यस्तै राईले सन्तुलित विकासको अवधारणा अगाडि सारिएको र ६२ वटा बहुवर्षीय आयोजनासमेत सम्पन्न भएको बताए । होचो केचना र अग्लो सगरमाथा जोड्ने सडकको खाका आफ्नै सरकारको पालामा तयार भएको भन्दै जतिसुकै बेला शिर ठाडो पारेर बोल्न र हिँड्न सक्ने बताए ।
मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका राईकै प्रस्तावमा एमाले सचिव भीमप्रसाद आचार्य मुख्यमन्त्री बनेका थिए ।