खबर पूर्वाञ्चल
उत्पादन बढाउन रासायनिक मलको अत्याधिक प्रयोग गर्ने ठाउँमा माटोको अवस्था खराब पाइएको छ । खेती योग्य जमिनमा कति मात्रमा रासायनिक मलको प्रयोग गर्न सकिन्छ र त्यस विषयमा जानकारी दिन काठमाण्डौ देखि कृषि विज्ञ भगवान खतिवडाले कृषकहरूलाई परार्मश गराएका थिए ।
साल्ट टे«डिङले एक हप्तासम्म मोरङको बुधनगर, सुन्दरहरैचा, कानेपोखरी, सुनसरीको कोशी गाउँपालिकालगायतको क्षेत्रमा पुगेर कृषकहरूलाई रासायिन मलको प्रयोगबारेमा जानकारी गराएको साल्ट टे«डिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले जानकारी दिए ।
नेपालमा माटोको स्वास्थ्यका बारेमा पर्याप्त चेतना नभएको उत्पादन नै दिन छाडेपछि मात्रै किसान सल्लाहका लागि कृषि कार्यालयमा पुग्ने गर्छन् । ‘अन्तिम अवस्थामा पुगेपछि माटोलाई पहिलेकै अवस्थामा फर्काउन समय लाग्छ, त्यसैले बेलैमा माटो बिग्रन नदिन लाग्नुपर्छ । प्राङ्गारिक मलको प्रयोग, छ्वाली, पराल लगायतलाई मलको रुपमा प्रयोग गरेर र कृषि चूनको प्रयोग बढाएर माटोको अम्लियपना कम गर्न सकिन्छ,’ कृषि विज्ञ खतिवडाले भने ।