पूर्वाञ्चल खबर
दमकमा तेक्वाण्डो एसोसियसन प्रदेश १ को १९ औं वार्षिकोत्सव तथा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
सामाजिक विकास राज्य मन्त्री गजमेरले खेलाडीलाई राज्यले प्रोत्साहन, हौसला गर्नुपर्नेमा त्यसो हुन नसकेको स्वीकार्दै आगामी दिनमा बजेट विनियोजिन गर्दा अन्यक्षेत्र संगै खेलकुदलाई पनि महत्व दिइने बताइन् । गजमेरले प्रदेश १ मा खेलकुद ऐन बनेको जानकारी दिंदै अब खेलकुद बोर्ड गठन गर्दा समानुपातिक प्रतिनिधित्व गराउने प्रतिबद्धता समेत गरिन् ।
खेलकुदले आत्मबल बढाउनुका साथै यसले खेलाडीको स्वर्णीम भविष्य बनोस भनी शुभकामना समेत दिइन् ।
कार्यक्रममा नेकपा दमक नगर कमिटी सचिव तीर्थराज बस्नेतले खेलक्षेत्र राज्य र राजनीतिबाट समेत ओझेलमा परिएको बताए । उनले खेलकुद क्षेत्रमा छुटिएको रकम सबै खेललाई समान रुपमा विभाजन गर्नुपर्नेमा जोड दिए ।
तेक्वाडोका खेलाडी र प्रशिक्षक सम्मानित
सोही अवसरमा तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन् । तेक्वाण्डो एसोसियसन १९ औं वार्षिकोत्सव तथा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान कार्यक्रम गरि उनीहरूलाई सम्मान गरिएको हो ।
तेक्वान्दोको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य, पुरुष तर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन मगर, वर्षको उत्कृष्ट प्रशिक्षक मोरङका चतुरलाल चौधरी र उत्कृष्ट उदीयमान प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भएका छन् । यस्तै वर्षको उत्कृष्ट जिल्ला संघमा झापा जिल्ला तेक्वाडो संघलाई सम्मान गरियो ।
सम्मानित हुनेहरूलाई प्रदेश १ की सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेरले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।